Thaha

Sunday 22 September - 7:45 am NST

प्रधानमन्त्री ओलीले पुर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग छलफल गर्दै


काठमाडौं, २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी स्वरुप आज पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसंग छलफल गर्दै हुनुहुन्छ । दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा आफ्नो आसन्न भारत भ्रमणका विषयमा पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसंग प्रधानमन्त्रीले छलफल गर्ने तयारी भएको उहाँको नीजि सचिवालयले जनाएको छ । छलफलका लागि पूर्व राजदूतलाई समेत बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार ६६ औं राष्ट्रिय प्रजातन्त्र दिवस परेकाले फागुन सातमा भने प्रधानमन्त्री ओली भारत जानुहुनेछैन ।  फागुन ८ वा ९ गते प्रधानमन्त्री भारत जाने अधिकारीले जानकारी दिनुभयो । फागुनको दोस्रो हप्ता भारत भ्रमण भएमा प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण हुनेछ । उहाँ असोज २४ गते देशको कार्यकारी प्रमुख प्रधानमन्त्री पदमा निर्वाचित हुनु भएको हो ।