Thaha

Sunday 22 September - 7:34 am NST

एनआरएनद्धारा करोडौँको औषधी नेपाल सरकारलाई हस्तान्तरण


काठमाडौं, २४ माघ । भारतीय नाकाबन्दीका कारण जीवनरक्षक औषधिको अभाव भएपछि गैरआवासीय नेपाली संघ (एनआरएन) ले १ करोड ६० लाख रुपैयाँ बराबरको औषधि र औषधिजन्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । संघका अध्यक्ष शेष घलेले अन्तिम लटको औषधिजन्य सामाग्री उपप्रधानमन्त्री तथा परराष्ट्र एवं स्थानीय विकासमन्त्री कमल थापाललाई आज हस्तान्तरण गर्नुभयो  । यसमा अष्ट्रेलिया र चीनबाट प्राप्त झण्डै ५५ लाख बराबरको औषधी र औषधीजन्य सामाग्री रहेको एनआरएनले जनाएको छ । अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुको सहयोगमा ३१ हजार ७ सय ७४  र चीनबाट ६ हजार ६ सय २३ अमेरीकन डलर बराबरको औषधीजन्य सामग्री प्राप्त भएको हो । यो औषधि नेपाल वायुसेवा निगमले हङकङबाट निशुल्क ढुवानी गरी काठमाण्डौं ल्याई दिएको हो ।