Thaha

Sunday 22 September - 7:46 am NST

काँग्रेस नेता यादवको हत्याको अनुसन्धान सिआइबीले गर्ने


काठमाडौं, २४ माघ । धनुषा बालाबाखर ४ का कांग्रेस नेता राजेन्द्र यादवको हत्याको  केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले अनुसन्धान गर्ने भएको छ । घटनाको प्रकृति गम्भीर देखिएकाले अनुसन्धानको जिम्मा सिआइबीले लिएको हो । घटनाको अनुसन्धान गर्न सिआइबीको अनुसन्धान टोली आज धनुषा गएको छ । स्थानीय कांग्रेस नेता यादवको अस्ति राति अपरिचित समूहले गोली हानेर हत्या गरेको थियो । त्यस्तै हिजो विहान अपरिचित समूहले हानेको गोली लागेर नसिम राई पनि घाईते हुनुभएको छ । तर अपराधीको पहिचान हुन सकेको छैन । सिआइबीले अनुसन्धान टोली पठाइसकेको र हत्यामा संलग्न व्यक्ति पनि कारवाहीको दायरामा आउने सिआइबी प्रमुख डिआइजी हेमन्त मल्लले बताउनुभयो ।