Thaha

Sunday 22 September - 7:19 am NST

प्रचण्ड र महतोबीच भेटवार्ता

काठमाडौ, २३ माघ । सत्तारुढ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीच भेटवार्ता भएको छ । शनिबार भेटमा तराई मधेसको आन्दोलनका बारेमा प्रमुख दल र मधेसी मोर्चाबीच भईरहेको छलफलका बारेमा कुराकानी भएको छ । 
सरकार सञ्चालनका लागि बनेको उच्चस्तरीय राजनीति समन्वय समितिका संयोजक समेत रहेका प्रचण्डले शीर्ष दल र मोर्चाबीचको छलफल र सहमतिबाटै निकास खोजिने छलफलका क्रममा बताउनुभएको छ । उहाँले सिमांकनका बिषयहरु पनि छलफल र संवादका माध्यमबाट सहमतिमै टुंगो लाग्ने महतोलाई बताएको प्रचण्डको सचिवालयले जनाएको छ । 
सद्भावनाका अध्यक्ष महतोले पनि संवाद र छलफलबाट नै अब सहमतिमा पुग्नुपर्ने बताउनु भएको छ । महतोले जनताले दुख पाएकोले नै नाका खोल्नुपर्नेमा आफूले जोड दिएको बताउनुभएको छ ।