Thaha

Sunday 22 September - 7:48 am NST

सुनको भाउ उकालो लाग्ने क्रम जारी


काठमाडौं, २२ माघ । नेपाली बजारमा सुनको भाउ उकालो लाग्न क्रम जारी छ । साताको पहिलो दिन आईतवार ५१ हजार २ सय रुपैंया प्रतितोल रहेको छापावाल सुन आज अन्तिम दिन ५२ हजार ५ सय रुपैंया कायम भएको नेपाल सुनचांदी व्यवसायी महासंघले जनाएको छ । हिजो ५१ हजार ७ सय ५० रुपैंयामा किनबेच भएको तेजावी सुन आज तोलामा ५ सय रुपैंयाले बढेको छ । चांदी ५ रुपैंयाले बढेर ७ सय ५ रुपैंया पुगेको छ । गत पुस ३ गते ४७ हजार ७ सय रुपैंयासम्म झरेपछि सुन तोलाको ३० हजार रुपैंयाँसम्म आईपुग्ने अनुमान गरिएपनि विवाहको लगन रहेको माघ महिना लागेपछि ५० हजार नाघेको हो । माघ ६ गते ५० हजार १ सय ५० रुपैंया रहेको छापावाल सुनको मूल्य क्रमशः बढ्दै गएको छ । तर विवाहको लगनभन्दा अन्तराष्ट्रिय बजारमै भाउ बढेकाले नेपाली वजारमा पनि सुनको मुल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक ५० किलोको हाराहारीमा माग रहेको छ ।

तर दिनमा १५ किलोमात्र सुन आपूर्तिको व्यवस्था रहेकाले बजारमा सुनसँग चाँदीको पनि अभाव रहेको शाक्यको भनाई  छ । सुन व्यवसायीहरुले भुकम्पका बेला देशभर गरी झण्डै १ हजार किलो सुन हराएको बताउंदै आएका छन् । भुकम्पपछि घर गएकामध्ये अहिलेपनि १ तिहाई मात्र कालीगढ काममा फर्किएको सुनचाँदी व्यवसायीहरुको भनाई छ । नेपालमा ८० प्रतिशत बाहिरबाट आएका कालिगढ छन् ।