Thaha

Sunday 22 September - 7:50 am NST

प्रमुख दल र मोर्चाबीचको वार्ता अन्यौलमा


काठमाडौं, २१ माघ । प्रमुख तीन राजनीतिक दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ता अन्यौलमा परेको छ । कार्यदलस्तरमा भएको छलफलको प्रगतिबाट फेरि सहमतिको प्रयास थाल्ने समझदारी बनेको तीनदिन बित्दा समेत वार्ताको तय हुन नसकेको दुवै पक्षका नेताहरुले बताएका छन् । सोमबार साँझ प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेसी मोर्चाका शीर्ष नेताहरुबीच भएको छलफलमा पुनः संवाद थाल्ने समझदारी बनेको थियो । कार्यदल सदस्य एवं नेपाली कांग्रेका नेता महेश आचार्यले आफू पार्टी अधिवेशनका क्रममा मोरङमा रहेकोले वार्ताबारे केही भन्न नसक्ने रेडियो थाहा सञ्चारसँग बताउनुर््भयो ।

त्यस्तै, मधेसी मोर्चा तर्पmका कार्यदल सदस्य एवं संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले वार्ताबारे कुनै खबर नआएको बताउनुभयो । मधेसी मोर्चा वार्ताका लागि तयार रहेको भन्दै श्रेष्ठ प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता भाँडिरहेको आरोप लगाउनुभयो ।