Thaha

Sunday 22 September - 7:49 am NST

मधेसमा दुई प्रदेश बनाउँँदा कुनै समस्या नहुने राणाको भनाई


काठमाडौं, २० माघ । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर राणाले मधेसमा दुई प्रदेश बनाउँँदा कुनै समस्या नहुने बताउनुभएको छ । आज रिपोटर्स क्लबमा बोल्दै नेता राणाले आफ्नो पार्टी पहिलेदेखी नै मधेसमा दुई प्रदेशको पक्षमा रहेको स्पष्ट पार्नुभयो । कार्यदेशमा विवाद गरिरहनु ठीक नभएको भन्दै नेता  राणाले प्रधानमन्त्री केपी शर्मा ओली मुलुकको समस्या समाधान र नाका खुलाएर भारत भ्रमण जानु उचित हुने धारणा राख्नुभयो । मधेस आन्दोलनको संबोधन र भुकम्पपछिको पुनर्निर्माण कार्यलाई तिब्र रुपमा अगाडि बढाउने विषयमा सरकार असफल भएको उहाँले टिप्पणी गर्नुभयो । नेता राणाले पुनर्निर्माणमा नेकपा एमाले समर्थित गैरसरकारी संस्थाहरुलाई आउटसोर्स गरेर फाईदा लिने काम गरिरहेको आरोप लगाउनुभयो ।