Thaha

Sunday 22 September - 7:41 am NST

मधेसी मोर्चाका नेताहरु विहार जानु जायज र स्वभाविक


काठमाडौं, २० माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले पार्टीका शिर्ष नेताहरु विहार जानु जायज र स्वभाविक भएको बताएका छन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा उनीहरुले आन्दोलनको विषयमा देश, विदेशमा जानकारी गराउने मोर्चाको नीति अनुसार नै नैतिक समर्थन खोज्नका लागि शिर्ष नेताहरु विहार गएको दाबी गरे । साक्षात्कारमा तराई मधेस सद्भावना पार्टीका बरिष्ठ नेता रामनरेश रायले एउटै आन्दोलन एकै नाशले अगाडि बढ्न नसक्ने भन्दै मोर्चाको बैठकले आन्दोलनको समिक्षासहित पुनरावलोकन गर्ने जानकारी दिनुभयो । मधेसको आन्दोलन हिमाल पहाडसम्म पु¥याउने तयारी भैरहेको नेता रायको भनाई छ ।

संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले अबको आन्दोलन मधेस र नाकामा मात्र नभई राजधानी केन्द्रीत हुने भन्दै आमहड्तालको कार्यक्रम जारी रहेसम्म नाकाको अवरोध यथावत् रहने स्पष्ट पार्नुभयो ।