Thaha

Sunday 22 September - 9:08 am NST

फोरम नेपाल फुटाउने अन्सारीको चेतावनी

काठमाडौं, २० माघ । संघीय समाजवादी फोरम नेपालका नेता रिजवान अन्सारीले नेतृत्वले माग पुरा नगरे पार्टी फुट्ने चेतावनी दिनुभएको छ ।
थाहासञ्चार नेटवर्कको कार्यक्रम द न्यूज प्लसमा कुरा गर्दै अन्सारीले नेतृत्वमा विचलन आएकोले सच्चिन तयार नभए अलग हुने चेतावनी दिनुभयो । राज्यसँग समावेशीताको माग गर्ने पार्टी नेतृत्वले संगठनमा भने त्यसलाई पूर्णरुपमा उपेक्षा गरेको उहाँले बताउनुभयो । अन्सारी नेतृत्वको संघीय नवविचार मञ्चले पार्टीलाई समावेशी बनाउन, प्रधानमन्त्रीको चुनावमा भाग लिएकोमा आत्मालोचना गर्न, तानाशाही प्रवृत्ति अन्त्य गर्न माग गरेको छ । माग पुरा नभए फागुन ८ गते राष्ट्रिय भेला गरेर अलग हुने समूहले चेतावनी दिएको छ । नेतृत्वको अदुरदर्शीताका कारण आन्दोलनबाट उपलब्धि भन्दा धेरै क्षति भएको अन्सारीको बुझाई छ । 
जुन समानुपातिक समावेशीको व्यवस्थासहित पछिल्लो पटक भएको संविधान संशोधन सकारात्मक भन्दै अन्सारीले अरु माग पनि छिटो पुरा गर्न र द्वन्द्वको स्थिति अन्त्य गर्न प्रमुख दललाई आग्रह गर्नुभयो ।