Thaha

Sunday 22 September - 9:05 am NST

मट्टितेल वितरण


काठमाडौं, १९ माघ । नेपाल आयल निगमले आज काठमाडौं उपत्यकामा सर्वसाधारणका लागि मट्टितेल बिक्री वितरण गरिरहेको छ ।  निगमले उपत्यकाका ३६ वटा डिपोबाट एकलाख ८ हजार लिटर मट्टितेल बिक्री वितरण गर्न लागेको हो ।  निगमका अनुसार लाममा बसेका प्रत्येकलाई ५ लिटरका दरले मट्टितेल वितरण भइरहेको छ । काठमण्डौं उपत्यका बाहेक काभ्रेको बनेपा, पाँचखल र पनौतिमा पनि आज मट्टितेल वितरण हुने निगमले जनाएको छ । मंसिर ४ र १३ गते काठमाडौंमा मट्टितेल बिक्री वितरण गरेको निगमले २ महिनापछि सर्वसाधारणका लागि मटितेल दिन लागेको हो । यसैबिच निगमले मोटरसाईकललाई फेरी लट सिस्टमका आधारमा भोलिदेखि पेट्रोल वितरण गर्ने भएको छ । १ देखि ३० लट सम्मका मोटरसाईकल र स्कुटरलाई भोली ५ लिटरका दरले पेट्रोल वितरण गरिने निगमले जनाएको छ । पेट्रोलको आयात बढेपनि निगमले लगातार लट सिस्टम अनुसार मोटरसाइकल र गाडीलाई पेट्रोल दिन सुरु गरेको हो ।