Thaha

Sunday 22 September - 9:20 am NST

छुट्टा–छुट्टै दुर्घटनामा ३ जनाको मृत्यु


काठमाडौं, १९ माघ । छुट्टा छुुट्टै ठाउँमा भएका दुर्घटनामा आज बिहान ३ जनाको मृत्यु भएको छ । काठमाडौंको कोटेश्वरमा आज विहान बसको ढोकाबाट ओर्लने क्रममा सोही बसले किचेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरको ठिमी घर भएका १७ बर्षीय श्रीजन ढकाल रहेका छन् । भक्तपुरबाट काठमाडौं आउँदै गरेको बा २ ख ७९८४ नम्बरको बसबाट कोटेश्वर चोकमा ओर्लने क्रममा बसको पछाडीको चक्काले किचेका ढकालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बस नियन्त्रणमा लिइएको र चालक फरार रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । यस्तै धादिङको नौबिसेमा आज बिहान बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकलमा सवार पहिचान नखुलेका एक पुरुष रहेका छन् । गम्भिर घाईते भएका एक जनालाई उपचारका लागी काठमाडौ ल्याएको धादिङ प्रहरीले जनाएको छ । बिहान सवा ७ बजे काठमाडौबाट चितवन तर्फ जादैँ गरेको बा ६२ प ५७ १७ नम्बरको मोटरसाईकललाई काठमाडौबाट धादिङवेशी तर्फ जादैँ गरेको बा ३ ख ६१ ३८ नम्बरको बसले ठक्कर दिदाँ दुर्घटना भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका–४ हलगडा चोकमा आज बिहान टिपरले ठक्कर दिँदा एकजनाको घटनास्थलमा नै मृत्युभएको छ ।

को १३ प ९११९ नंको मोटरसाइकललाई मे १ ख १८२२ नंको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक धरान उपमहानगरपालिका–१३ का यामबहादुर राईको घटनास्थलमै मृत्युभएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडिसवार एक महिलाको भने चिन्ताजनक अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार  भइरहेको प्रहरीले जनाएको छ ।