Thaha

Wednesday 08 July - 4:51 am NST

बन्दका कारण जनकपुरधामको जनजीवन प्रभावित


काठमाडौं, १८ माघ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालगायतका संगठनहरुको आवहनमा आज गरिएको धनुषा बन्दका कारणले विहान देनि नै जनकपुरधामको जनजीवन प्रभावित बनेको छ । नेपाली काँग्रेसका सांसदहरुले मधेशी जनताको भावना विपरित जारी रहेको मधेश आन्दोलनको संबोधन विना अधिवेशनको नाउँमा प्रहरी लगाएर आईतवार जनकपुरमा कुटपीट गरेको भन्दै एक दिनको लागि धनुषा जिल्ला बन्द गरेपछि आज विहान देखि नै जनजीवन प्रभावित बनेको छ । हिजो प्रहरी सहित एक दर्जन आन्दोलनकारी पनि घाईते भएका थिए । जनकपुरवाट सञ्चालन हुने कुनै पनि सवारीसाधनहरु चल्न सकेको छैन भने शिक्षण संस्था, कलकारखाना, उद्योग, बजार पनि ठप्प भएको छ । साढेपाँच महिना पछि यातायात शुचारु भएरजनजीवन सामान्य बनेका थिए । आन्दोलनरत पक्षले विहान देखि नै जनकपुरधाममा विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् ।