Thaha

Sunday 22 September - 9:24 am NST

प्रधानसेनापति क्षत्री भारत प्रस्थान


काठमाडौं, १८ माघ । प्रधानसेनापति राजेन्द्र क्षत्री आज भारत जानु भएको छ । भारतका स्थल सेनाध्यक्ष जनरल दलवीर सिंहको औपचारिक निमन्त्रणामा उहाँ भारत जानु भएको होे । प्रधानसेनापतिमा नियुक्त भएपछि पहिलो पटक हुन लागेको भारत भ्रमणका सिलसिलामा क्षेत्रीलाई भारतका राष्ट्रपति प्रणव मुखर्जीबाट भारतीय स्थलसेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । दुई देशका सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्द सम्बन्धअनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने प्रचलन रहिआएकोे छ । भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले भारतका स्थल सेनाध्यक्ष, वायुसेना प्रमुख, नौसेना प्रमुखसँग पनि भेटघाट गर्नुहुने बताइएको छ । त्यस्तै, उहाँले भारतका गृहमन्त्री, रक्षामन्त्री, विदेश मन्त्रीलगायत उच्चपदस्थ पदाधिकारीसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।  

प्रधानसेनापति यही माघ २३ गते स्वदेश फर्कनुहुनेछ ।