Thaha

Sunday 22 September - 9:05 am NST

आजदेखि लोडसेडिङ फेरि बढ्यो

काठमाडौं, १८ माघ । नेपाल विधुत् प्रधिकरणले आजदेखि लोडसेडिङको समय फेरि बढाएको छ । यसअघि साताको ८३ घण्टा हुँदै आएको लोडसेडिङ बढाएर प्राधिकरणले आजदेखि साताको ९१ घण्टा पु¥याएको हो । अहिले दैनिका १२ घण्टा बत्ती काट्दै आएको प्राधीकरणले अब दैनिक १३ बत्ती काट्ने गरी नयाँ तालिका सार्वजनिक गरेको छ । नदीमा जलस्तरको मात्रा घटेको र विद्युतको माग बढेका कारण लोडसेडिङ बढाउनुपरेको प्राधिकरणको भनाइ छ । मागभन्दा झण्डै ८ सय मेगावट विद्युत अपुग भएकोले लोडसेडिङ बढाउनु परेको प्राधिकरण भार प्रेषण केन्द्रले जनाएको छ । भारतीय नाकाबन्दीले इन्धनको संकट झेलिरहेका उपभोक्ता लोडसेडिङ बढेसँगै थप मारमा परेका छन् ।