Thaha

Sunday 22 September - 9:05 am NST

आन्दोलनरत मधेशी मोर्चाको सचिवालय बैठक


काठमाडौं, १८ माघ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे तराई मधेस लोकतान्त्रिक पार्टिको संसदिय दलको कार्यलय सिंहदरबारमा बस्ने सद्भावन पार्टिका महासचिव मनिष सुमनले जनाकारी दिनुभयो । बैठकमा आहिले सम्म हुदै आएको आन्दोलनको समिक्षा, मधेस आन्दोलन सशक्त बनाउन महागठबन्धन निर्माण र भावि आन्दोलनका कार्यक्रमका विषयमा छलफल हुने महासचिव सुमनले थाहासन्चार नेटवर्कलाई जानकारी दिनुभयो । मोर्चाभित्र नाकाबन्दीको आन्दोलन कार्यक्रम परिवर्तन गर्ने बिषयमा समेत कुराकानी हुने नेताहरुको भनाई छ । सचिवालयको बैठकपछि शिर्ष नेताहरुको बैठक छिट्टै बस्ने सुमनले बताउनुभयो । मोर्चाको सचिवालयको बैठक आज काठमण्डौंमा बस्दै गर्दा मोर्चामा आवद्ध दलका शिर्ष नेताहरु भने भारतको बिहारमा छन् । तलोलपाका नेता महन्थ ठाकुर बाहेक अन्य नेताहरु बिहारमा रहेका महासचिव सुमनले जानकारी दिनुभयो ।

मधेस आन्दोलनका लागि भारतीय राज्य बिहारका नेताहरूको समर्थन जुटाउन नेताहरु गएका हुन्् । बिहारको मोजफरपुरमा मिडिया फर बर्डर हार्मोनी र भारत नेपाल मैत्रीसघंले मधेस आन्दोलनको बारेमा हिजो छलफल कार्यक्रम राखेको थियो । मोर्चाका नेताहरू आज बिहारको राजधानी पटना जाने र मुख्यमन्त्री नितिश कुमार, राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादव र भारतीय जनता पार्टीका नेताहरूलाई भेटने कार्यक्रम रहेको स्रोतले बताएको छ ।