Thaha

Sunday 22 September - 10:18 am NST

उच्चस्तरिय राजनीति समन्वय समितीको बैठक विना निश्कर्ष, साँझ फेरी बस्ने


काठमण्डौं, १७ माघ । 
सरकार सञ्चालनका लागि गठीत उच्चस्तरीय राजनीतिक समन्वय समितीको  वैठक बिना निश्कर्ष सकिएकोे छ । समितीको कार्यलय सिंहदरवारमा बसेको बैठकले कुनै ठोस निर्णय नगरेको नेताहरुले बताएका छन् । बैठकमा सरकारको पछिल्लो गतिविधि, संविधान संसोधनपछि पनि भारतीय नाका सहज हुन नसकेको बिषयमा छलफल भएको र आजै साँझ ५ बजे फेरी बस्नेगरी सकिएको संयन्त्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बैठकपछि जानकारी दिनुभयो ।

त्यस्तै बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा पनि छलफल भएको प्रधानमन्त्रीकै समय अभावका कारण बैठक फरी साँझ बस्ने गरी सकिएको प्रचण्डले पत्रकारलाई जानकारी दिनुभएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, संयन्त्र संयोजक तथा एमाओवादी अध्यक्ष प्रचण्ड,  महासचिव कृष्ण बहादुर महरा, एमाले वरिष्ठ नेता झनाथ खनाल, नेता माधव नेपाल, पुर्वसभामुख सुवास नेम्बाङ, फोरम लोकतान्त्रिका अध्यक्ष एवं उपप्रधानमन्त्री बिजयकुमार गच्छेदारलगायत सहभागि हुनुहुन्थयो  । स्थायी समिती बैठकले सरकारको काम प्रभावकारी नभएको निष्कर्ष निकालेपछि एकीकृत माओवादी अध्यक्ष प्रचण्डले आफ्नो संयोजकत्वमा रहेको समितीको बैठक बोलाउनुभएको हो । समिती संयोजक प्रचण्डले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर हिजो समन्वय समितिको बैठकबारे छलफल गर्नुभएको थियो ।