Thaha

Sunday 22 September - 10:19 am NST

नेपाल १६ वर्ष पछि १९ वर्ष मुनिको विश्वकप क्रिकेटको क्वार्टर फाईनलमा


काठमाण्डौ, माघ १६ । नेपाल १९ वर्ष मुनिको विश्वकप क्रिकेटको क्वार्टरफाईनल प्रवेश गरेको छ । दोस्रो खेलमा आयरल्याण्डलाई शनिवार आठ विकेटको फराकिलो अन्तरले हराउँदै नेपाल १६ वर्ष पछि क्वार्टरफाईनल पुगेको हो । यसअघि नेपालले पहिलो सहभागीतामा सन् २००० मा दोस्रो चरण खेलेको थियो । त्यसबेला नेपाल आठौं भएको थियो । नेपाल सन् २०१० र २०१४ बाहेकका हरेक संस्करणको विश्वकप खेल्दै आएको नेछ । २००६ को संस्करण नेपालका लागि स्मरणीय छ , त्यतिबेला नेपाल न्यूजिल्याण्डलाई एक विकेटले हराएर प्लेट च्याम्पियन बनेको थियो । शनिवार बंगलादेशमा पहिले ब्याटिङ गरेको आयरल्याण्डलाई १ सय ३१ रनमा सीमित गरेको नेपालले २५ ओभर तीन बलमा विजय लक्ष्य पुरा ग¥यो । नेपालका लागि योगेन्द्र सिंह कार्कीले अर्धशतकीय योगदान गरे । ८१ बलमा आठ चौकाको मद्दतमा  ६१ रन बनाएर उनी नटआउट रहे ।

 

त्यस्तै आरिफ शेखले पनि नटआउट ३१ रन बनाउँदा ३५ बलको सामना गरेर पाँच चौका हिर्र्काए । सुनील धमला २८ रन बनाएर पेवेलियन फर्किए । खराब शुरुवात गर्दै नेपालले सन्दीप सुनुवारलाई शुरुमै गुमाए पनि योगेन्द्र सिंह कार्की र सुनील धमलाले दोस्रो विकेटका लागि ५५ रन जोड भने कार्कीले आरिफसँग मिलेर तेस्रो विकेटका लागि ७७ रनको साझेदारी गरे । पहिले ब्याटिङ गरेको आयरल्याण्डले नौ विकेटको क्षतिमा मात्र १ सय ३१ रन जोड्यो । नेपालका संदीप लामिछानेले ह्याट्रिक सहित ५ विकेट लिए । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले २, सुशील कँडेल र सुनील धमलाले एक एक विकेट लिए । नेपालले पहिलो खेलमा टेस्ट मान्यता प्राप्त बलियो टोली न्युजील्याण्डलाई ३२ रनले हराएको थियो । 


    
सन्दीपको ह्याट्रिक     
नेपालका सन्दीप लामिछाने चालु विश्वकपमा ह्याट्रिक गर्ने पहिलो बलर बने । १९ वर्ष मुनिको विश्वकपमा ह्याट्रिक गर्ने उनी पहिलो नेपाली पनि भए । आयरल्याण्ड विरुको खेलको ३२ औं ओभरको अन्तिम तीन बलमा लगातार तीन विकेट लिँदै सन्दीपले ह्याट्रिक गरे । १० ओभर बलिङ गरेका सन्दीपले २७ रन खर्चेर पाँच विकेट लिए ।  त्यस्तै सुशील कँडेलले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा २० रन दिएर दुई विकेट हात पारे । जसमा उनले पाँच ओभर मेडन राखे । दीपेन्द्र सिंह ऐरीले सात ओभर बलिङ गर्दै तीन मेडन राखेर १८ रन खर्चेर दुइ विकेट लिए ।