Thaha

Sunday 22 September - 10:19 am NST

आइसिसी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले न्यूजिल्याण्डसामू २ सय ३९ रनेको लक्ष्य प्रस्तुत


काठमण्डौं, १४ माघ । 
१९ वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले न्यूजिल्याण्डसामू २ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङमा तानिएको नेपालले पुरा ५० ओभर खेलेर ७ विकेटको क्षतिमा २ सय ३८ रनको स्कोर खडा गरेको छ । अहिले न्यूजिल्यान्डले जवाफी ब्याटिङ गरिरहेको छ । 


नेपालका लागि सबैभन्दा धेरै कप्तान राजु रिजालले ४८ रन बनाए । यस्तैगरी सन्दीप सुनार र आरीफ सेखले समान ३९ रन जोडे । कुशल भुर्तेल ३५ रन बनाएर नटआउट रहंदा राजवीर सिंह २४, दिपेन्द्रसिंह ऐरी १६, सुनील धमला १५ र योगेन्द्रसिंह कार्की ६ रनमै पेभेलियन फर्किए । न्यूजिल्यान्डका नाथन स्मिथ एक्लैले नेपालको ३ विकेट खसाले । नेपालले समूह चरणको दोस्रो खेल शनिबार आयरल्याण्डसँग र तेस्रो खेल सोमबार भारतसँग खेल्नेछ । प्रत्येक दुई/दुई वर्षमा हुने विश्वकपमा नेपालको यो सातौं सहभागिता हो । विश्वकपमा प्रत्येक समूहको शीर्ष दुईमा रहने टोली अघिल्लो चरणका लागि छनोट हुनेछन् ।