Thaha

Sunday 22 September - 11:18 am NST

बम राखिएको हाल्लापछि काठमण्डौं आउन लागेको बिमान दिल्लीमै रोकिए


काठमण्डौं, १३ माघ ।
काठमाण्डौका लागि उड्ने तयारीमा रहेका दुई वटा विमानमा बम राखिएको हल्लापछि विमान दिल्लीमा रोकिएका छन् । विमानलाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थल नयाँ दिल्लीमा आकस्मिकरुपमा ग्राउण्डेड गरिएको छ । हवाई सुरक्षा अधिकारीलाई अपरिचित व्यक्तिले फोन गरी नेपालको राजधानी काठमण्डौंका लागि उड्ने तयारीमा रहेको विमानमा बम राखेको बताएपछि विमान रोकिएको हो ।

एअर इन्डियाका एउटा विमान  दिउसो सवा १ बजे र अर्को साढे १ बजे काठमाण्डौका लागि उड्ने तयारीमा थिए । विमानलाई धानवमार्गको बम डिस्पोजल टोलीद्वारा एकान्तस्थलमा लगि बम भए नभएको बारे खोजिकार्य भैरहेको छ । पहिलो विमानमा १२१ जना र दोस्रो विमानमा १२२ जना उडानका लागि टिकट लिएका थिए ।