Thaha

Sunday 22 September - 11:28 am NST

सरकारी क्षेत्रको विकृती रोक्न नयाँ ऐन ल्याउने तयारी अन्तिम चरणमाः मन्त्री केसी

काठमाण्डौं, माघ १३ । सहकारी क्षेत्रमा देखिएका विकृति रोक्नका लागि नयाँ ऐन ल्याउने सरकारको तयारी अन्तिम  पुगेको छ । उपप्रधान एवम सहकारी तथा गरिबी निवारण मन्त्री चित्र बहादुर केसीले सहकारीलाई व्यवस्थित गर्न नयाँ सहकारी ऐन ल्याउने तयारी अन्तिम चरणमा पुगेको  थाहा सञ्चार नेटवर्कलाई जानकारी दिनुभयो ।

मन्त्री केसीले मन्त्रालयले ऐनको खाका तयार पारेर मन्त्रिपरिषदा पठाईसकको बताउनुभयो । उहाँका अनुसार नयाँ ऐनले एकै परिवारका व्यक्ति सदस्य रहेर स्थापना हुने सहकारीका कारण सर्वसाधारणको बचत रकम जोखिममा परेको, संचालकहरु भाग्ने जस्ता सहकारीमा देखिएका समस्या अन्त्य गर्ने सरकारको योजना छ ।

ऐनले समूदायमा आधारित सहकारीको माध्यमबाट आर्थिक समृद्धि ल्याउन सहयोग पुग्ने मन्त्री केसीको विश्वास छ ।