Thaha

Sunday 22 September - 11:16 am NST

नयाँ शक्तिको केन्द्रीय परिषदमा २२ जना थप


काठमाडौं, १२ माघ । नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषदमा  आज २२ जना सदस्य थप गरिएको छ । आइतबार मात्रै ३५ सदस्यीय केन्द्रीय परिषद घोषणा गरिएकोमा त्यसको पर्सीपल्ट आज २२ जना थप गरिएको संयोजक डा बाबुराम भट्टराईद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । २२ जना थपिएसंगै नयाँ शक्तिको केन्द्रीय परिषद ५७ सदस्यीय बनेको छ । थप गरिएका २२ जना एकिकृत नेकपा माओबादीबाट बाहिरिएका र एमाओवादीमा पार्टीमा रहँदा डा.बाबुराम भट्टराईलाई साथ दिएकाहरु छन् । पहिलो पटक घोषणा गरिएको परिषदमा एमाओबादीबाट बाहिरिएका दुईजना मात्र समावेश थिए ।

थपिएकाहरुमा कल्पना धमला, कुमार पौडेल, नवराज सुवेदी, भक्त बहादुर शाह, डा. भोगेन्द्र झा, महेन्द्र पासवान, रामरिजन यादव, सुशिला सिरपाइली लगायतका रहेका छन् ।