Thaha

Sunday 22 September - 11:27 am NST

वैद्य नेतृत्वको माओवादीले आज एकीकृत माओवादीसंगको एकताको आधार तयार गर्ने


काठमाडौं, १२ माघ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आज एकीकृत नेकपा माओवादीसंग पार्टी एकताका लागि आधार तयार गर्ने भएको छ । अहिले केहिबेरपछि पार्टी कार्यालय वुद्धनगरमा बस्ने सचिवालय बैठकले एकीकृत माओवादीसंगको एकताको आधार तयार गर्ने नेताहरुले बताएका छन । नेता देव गुरुङ्गले आजको बैठकमा अध्यक्ष मोहन वैद्य किरणले बैठकमा उठेका प्रश्नको जवाफ दिने र एकताका लागि आधार तयार गरिने जानकारी दिनुभयो । स्रोतका अनुसार सचिवालयमा बोल्ने अधिकाँस नेताहरुले आउँदो फागुन एक गतेभित्र दुई पार्टीबीच एकता हुनुपर्ने धारणा राखेका छन । तर परि थापा लगायतका केही नेताहरुले भने एकीकृत माओवादीसंग सर्तसहितको एकता गर्नुपर्नेमा जोड दिएका छन ।

उनीहरुले सबैको अस्तित्व समावेश हुनेगरी एकताका लागि आधार तयार गर्नुपर्नेमा जोड दिएका छन । पार्टी एकता गर्ने निर्णय सचिवालयले मात्रै गर्ने या केन्द्रीय समिति बैठकमा लैजाने भन्नेमा भने क्रान्तिकारी नेताहरुले फरक फरक धारणा राखेका छन । अध्यक्ष मोहन वैद्य किरण र रामबहादुर थापा बादल लगायतका नेताहरु फागुनसम्ममा एकता गर्ने पक्षमा देखिएका छन ।