Thaha

Sunday 22 September - 11:14 am NST

अनलाइनमा आधारित वल्र्ड प्रणाली शुरु


काठमाडौं, १२ माघ । भन्सार विभागले आजदेखि अनलाइनमा आधारित आशिकुडा वल्र्ड प्रणाली शुरु गर्ने भएको छ । विश्व भन्सार दिवसको अवसर पारेर विभागले आजदेखि मेची भन्सार कार्यालयबाट यो प्रणाली सुरुवात गर्न लागेको विभागका महानिर्देशक शिशिर कुमार ढुङ्गानाले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो । यो प्रणाली आउँदो आर्थिक बर्षदेखि देशका मूख्य १० वटा भन्सार कार्यालयमा पनि लागू गर्ने लक्ष्य रहेको उहाँले वताउनुभयो । आशिकुडा प्रणाली अनुसार व्यापारीले आफ्नो सामानको घरमै बसेर भन्सार मुल्याङकन गर्न सक्ने महानिर्देशक ढुङ्गानाले जानकारी दिनुभयो । विश्व भन्सार संगठनले हरेक बर्षको जनवरी २६ लाई विश्व भन्सार दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार आज डिजिटल कस्टम, प्रोगेसिभ इङ्गेजमेण्ट भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । भन्सार विभागले आजैदेखि भन्सार कार्यालहरुमा भइरहेको गतिविधि विभागबाटै अनुगमन गर्न मिल्ने अनलाइन प्रविध आइपी क्यामरा पनि लागू गर्ने विभागका सूचना अधिकारी सूर्य सेढाइले जानकारी दिनुभयो । भन्सार कार्यालयहरुमा डिजिटल हस्ताक्षर पनि आजैदेखि लागू गर्ने सेढाइले बताउनुभयो ।