Thaha

Sunday 22 September - 11:17 am NST

कुटनीतिक निकाय मार्फत पेट्रोलियम पदार्थको आपूर्ति बढाउने सरकारको प्रयास,


काठमाडौं, १२ माघ । सरकारले कुटनीतिक निकाय मार्फत पेट्रोलियम पदार्थको आपूर्ति बढाउन भारतीय सम्वद्ध निकायमा पत्राचार गरेको छ । थाहा संचार नेटवर्कसँग कुरागर्दै आपूर्ति सचिव बिष्णुप्रसाद लम्सालले आपूर्ति बढाउन पत्राचार गरिएको जानकारी दिनुभयो । सचिव लम्सालले प्राप्त पेट्रोलियम पदार्थ न्योचित ढंगले वितरण गर्न आयल निगमलाई निर्देशन दिएको बताउनु भयो । निर्देशन अनुसार आयल निगम नयाँ कार्ययोजनाका साथ अगाडि बढेको उहाँको भनाई छ । आपूर्ति व्यवस्था केही बढेको भएपनि पुग्ने आयात नभएको सचिव लम्सालले जानकारी दिनुभयो । उहाँले पेट्रोलियम पदार्थको आयात ३० प्रतिशतले बढेपनि माग अनुसार वितरण गर्न नसकिने बताउनु भयो । उहाँले पहिलो प्रयास बिदेशबाट आयात बढाउनेमै रहेको बताउनु भयो । भारत बाहेक अर्को देशबाट पनि पेट्रोलियम पदार्थको आयात गर्न भइरहेको प्रयास तत्काल सम्भव नभएको सचिव लम्सालको भनाई छ ।