Thaha

Sunday 22 September - 11:23 am NST

भारतसंगको सम्बन्ध आगामी दिनमा थप समृद्ध बन्ने प्रधानमन्त्रीको विश्वास


काठमाडौं, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सदियौं पूरानो सम्बन्ध आगामी दिनमा थप सम्वृद्ध बन्ने विश्वास ब्यक्त गर्नुभएको छ । भारतको ६७ आँै गणतन्त्र दिवसको उपलक्ष्यमा समकक्षी नरेन्द्र मोदीलाई बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले नेपालको आर्थिक सामाजिक रुपान्तरणमा भारतले गर्दै आएको साझेदारी र सहयोगको प्रशंसा गर्नुभएको छ । गत वैशाखमा गएको भूकम्पका बेला भारतले गरेको सहयोग र पुननिर्माणमा प्रदान गर्ने सहयोग प्रतिवद्धताको नेपालले उच्च मुल्याङ्कन गरेको सन्देशमा उल्लेख गरिएको छ । संविधानसभाबाट संविधान जारी गर्ने नेपाली नागरिकको लामो समयदेखिको चाहना पूरा भएको सन्देश सुनाउन पाउँदा खुशी छु भन्दै प्रधानन्त्रीले सन्देशमा ‘केही दिन अघि मात्रै जनताको जायज मागलाई संविधान संशोधन मार्फत सम्बोधन गरिएको’ उल्लेख गर्नुभएको छ । यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ६७ औं गणतन्त्र दिवसका अवसरमा त्यहाँका राष्ट्रपति प्रणव मुखर्जीलाई आज एक बधाई सन्देश पठाउनुभएको छ ।