Thaha

Sunday 22 September - 11:17 am NST

मधेसी मोर्चालाई वार्तामा बोलाउने उपप्रधानमन्त्री रावलको भनाई

काठमाडौं १० माघ । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका प्रमुख माग संविधान संसोधनबाट पुरा भएको भन्दै बाँकी मागमा छलफल गर्न छिट्टै बार्तामा बोलाउने बताउनुभएको छ । 
रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा उपप्रधानमन्त्री रावलले सरकार वार्ताबाट समस्या समाधान गर्न तयार रहेको बताउनुभयो । ‘मोर्चाले सुरुमा उठाएको माग संसोधनबाट हुबहु पुरा भईसकेको छ । ’ रावलले भन्नुभयो–आउने दिनमा अरु माग समाधान गर्न पनि सरकार तत्पर छ भन्ने सन्देश दिएको छ ।’ बन्द, हडताल, हिसात्मक गतिविधी र अरु दललाई निषेध गर्ने कार्य बन्द गरेर सार्थक बार्तामा आउन पनि उहाँले मधेशी मोर्चालाई आग्रह गर्नुभयो । सीमांकन बाहेकका अरु विषयमा मधेसी मोर्चासँग सहमतिको निकट रहेपनि सीमांकन गर्दा मधेसमा प्रदेश तोक्नु पर्ने अडानका कारण सहमति हुन नसकेको उहाँले बताउनुभयो । उपप्रधानमन्त्री रावलले नागरिकताको सवालमा अंगिकृत नागरिकता नपाउने भनेर कुप्रचार गरेर जनता भड्काउन खोजेको आरोप लगाउँदै नेपाली नागरिक सँग विवाह गर्ने विदेशी महिलाले अंगिकृत नागरिकता पाउने ब्यवस्था स्पष्ट रहेको बताउनुभयो ।