Thaha

Sunday 22 September - 12:20 pm NST

नीजि मोटरसाइकललाई पेट्रोल वितरण


काठमाडौं, ८ माघ । नेपाल आयल निगमले आज पनि काठमाडौं उपत्यकामा नीजि मोटरसाइकललाई पेट्रोल वितरण गरिरहेको छ । आज ३१ देखि ५० लटसम्म दर्ता भएका मोटरसाइकललाई पेट्रोल वितरण भइरहेको  निगमले जनाएको छ । आज उपत्यकाकाका ५४ वटा पम्पबाट झण्डै तीन लाख लिटर पेट्रोल वितरण गर्न लागिएको हो । काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक र दोलखा जिल्लामा पनि ३६ हजार लिटर पेट्रोल वितरण हुनेछ । सबै पम्पहरुलाई हिजो नै पेट्रोल उपलब्ध गराइसकिएकाले विहान ९ बजेदेखि नै वितरण भइरहेको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो । पेट्रोलपम्पहरुमा भने हिजो विहानैदेखि मोटरसाइकलको लाइन लागेको छ । पेट्रोल लिनका लागि नवीकरण गरिएको ब्लुबुक अनिवार्य गरिएको र पाँच लिटरका दरले पेट्रोल वितरण गरिने निगमले जनाएको छ । यसअघि बुधबार १ देखि ३० लटसम्म दर्ता भएका मोटरसाइकललाई पेट्रोल वितरण गरिसकेको निगमले ५१ लट देखि माथि दर्ता भएका मोटरसाइकललाई आगामी सोमबार वितरण गर्ने जनाएको छ ।