Thaha

Sunday 22 September - 12:17 pm NST

गम्भिर अवस्थामा पुगेको देश सम्हालन कम्युनिष्टहरु एक हुनुपर्छ : प्रचण्ड



काठमण्डौं, ७ माघ । 
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको स्थिति पेचिलो र गम्भीर भएको बताउनु भएको छ । कम्युनिष्ठहरु वर्गिय र राष्ट्रप्रतिको निष्ठासहित एक भई देशलाई सम्हाल्नका लागि एक हुनुपर्नेमा जोड दिनुभयो । राजधानीमा आज आयोजित कृष्णदास श्रेष्ठद्वारा लिखित भौतिकवादको विकासको इतिहास र माक्र्सवादी सौन्दर्य चिन्तन नामक कृतिको विमोचन कार्यक्रममा उहाँले भन्नुभयो, ‘हामी माओवादी र कम्युनिष्टहरुले जनता र राष्ट्रप्रति निष्ठाका साथ नयाँ धरातल खडा गर्नुपर्छ । विचारको शक्तिलाई भौतिक शक्तिमा बदल्नुपर्छ ।

नयाँ बैचारिक धरातल र नयाँ एकताको खोजी गरौं ।’ अध्यक्ष प्रचण्डले मात्रात्मक रुपमा कम्युनिष्ट आन्दोलनको विकास भएको तर गुणात्मक हिसावले ह्रास आएको बताउनु भयो । कम्युनिष्ट आन्दोलन भित्र पूँजीवादको यति धेरै बोलवाला छ कि यसले सम्झौता आत्मासमर्पण तिर डोर्याएको छ भने अर्को तिर ठोस बस्तुको विश्लेषण गर्न नसक्ने स्थिति पनि देखा परेको उहाँको भनाई थियो । नयाँ धरातलमा टेकेर कम्युनिष्टहरुलाई एकतावद्ध गर्नुपर्ने आवश्यकता छ, हामी एउटै धाराबाट विकसित भएका एउटै स्कूलिङ भएकाहरुले नै दायाँ र बाँया तिर हेर्ने कमजोरी गर्यौं, उहाँले भन्नुभयो । अध्यक्ष प्रचण्डले विगतमा गरेका यसखाले मनोगतवादी कमजोरीलाई सच्चाएर एकतावद्ध भई वर्ग संघर्षलाई नयाँ शिराबाट उठाउन जरुरी भएको बताउनु भयो ।  

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) अध्यक्ष मोहन वैद्य किरण कार्यक्रममा नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य किरणले कम्युनिष्ट पार्टीहरुबीच एकता हुनु अहिलेको ऐतिहासिक आवश्यकता भएको बताउनुभएको छ । तर ६ टुक्रामा विभाजन भएको माओवादी पार्टी एकता हुनलाई बिचारमा एकता हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले एकिकृत माओवादी पार्टी त्याग गरेका डा वावुराम भट्टराईले नयाँ शक्ति नाम राखेपनि त्यो पुरानै भएको टिप्पणी गर्नुभयो ।