Thaha

Sunday 22 September - 12:12 pm NST

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा


काठमाडौं, ७ माघ । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि २०७० साल भदौं १९ गते सबैभन्दा बढी १ सय ९ रुपैयाँ ३ पैसा कायम भएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर हिजो १ सय ७ रुपैयाँ ९२ पैसा रहेकोमा आज बढेर १ सय ८ रुपैयाँ ६४ पैसा पुगेको छ भने बिक्रिदर हिजो १ सय ८ रुपैयाँ ५२ पैसा रहेकोमा आज बढेर १ सय ९ रुपैयाँ २४ पैसा कायम भएको छ । भारतीय रुपैयाँ कमजोर भएका कारण नेपालमा पनि डलरको मुल्य बढेको हो । सरकारले झण्डै १४ वर्षअघि सरिकारले एक सय भारतीय रुपैयाँ बराबर १ सय ६० नेपाली रुपैयाँ निर्धारण गरेपछि त्यसले बेलाबेलामा नेपालको अर्थतन्त्रमा असर पार्ने गरेको छ । अर्थविद्हरुले डलरको भाउ बढ्दा रेमिट्यान्स आयमा नेपाललाई फाइदा हुन्छ भने ऋण सहयोग तथा सामाग्री आयात गर्दा भाउ बढेर नेपाललाई घाटा हुने बताएका छन ।

आयातमुखी अर्थतन्त्र भएकाले नेपाललाई डलरको भाउ बढ्दा फाइदा भन्दा धेरै घाटा हुने गरेको छ ।