Thaha

Sunday 22 September - 12:07 pm NST

भाडा घटाउन नेविसंघको माग


काठमाडौं, ६ माघ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको भाउ घटेको भन्दै सार्वजनिक गाडीको भाडा घटाउन माग गरेको छ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य घटाएकाले भाडा घटाउन माग गरिएको संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो । तत्काल भाडा घटाएर विद्यार्थीले पाउने ४५ प्रतिशत सहुलियत कडाईका साथ लागू गर्न समेत संघले ध्यानाकर्षण गराएको छ । विज्ञप्ती निकालेर संघले तत्काल भाडा नघटे आन्दोलन गर्ने चेतावनी दिएको छ ।