Thaha

Thursday 25 April - 6:52 am NST

भोलिदेखि मोटरसाइकललाई पेट्रोल दिने


काठमण्डौं, ५ माघ ।
नेपाल आयल निगमले भोलीदेखि काठमाडौं उपत्यकामा मोटरसाइकललाई पेट्रोल वितरण गर्ने भएको छ । मौज्दात बढेपछि निगमले भोलीदेखि मोटरसाइकलको दर्ता लट अनुसार पेट्रोल वितरण गर्न लागेको हो । निगमका अनुसार भोली १ देखि ३० लटसम्म दर्ता भएका मोटरसाइकलले ५ लिटरका दरले पेट्रोल पाउनेछन् ।  पेट्रोल लिनका लागि नवीकरण गरिएको ब्लुबुक अनिवार्य गरिएको छ ।

भोली विभिन्न ५७ वटा पेट्रोल पम्पबाट झण्डै ३ लाख लिटर पेट्रोल वितरण गरिने निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो । शुक्रबार ३१ देखि ५१ र सोमबार ५१ देखि माथि लटमा दर्ता भएका मोटरसाइकललाई पेट्रोल वितरण गरिने निगमले जनाएको छ । मोटरसाइकललाई पेट्रोल दिइसकेपछि आयातको अवस्था हेरेर चारपाङ्ग्रे गाडीलाई पनि पेट्रोल दिइने प्रवक्ता घिमिरेले बताउनुभयो ।

निगमले भारतीय नाकाबन्दी पछि चौथो पटक मोटरसाइकललाई लट सिस्टम अनुसार पेट्रोल वितरण गर्न लागेको हो । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ह्वात्तै घटेपनि निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ र डिजेल र मट्टितेलमा ६ रुपैयाँ मूल्य घटाएको छ ।