Thaha

Wednesday 08 July - 5:44 am NST

पार्टीलाई कार्यकर्ताले नयाँ गती दिनुपर्छ : पौडेल

काठमाण्डौं, माघ ४ । नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टिको आसन्न १३औ महाधिशेसन कार्यकर्ताहरुको अग्नीपरिक्षा भएको भन्दै कार्यकर्ताकै बलमा पार्टिले नयाँ गती लिने बताउनु भएको छ । अहिले सम्म भागबन्डामै अल्झीएको काग्रेस पार्टिलाई नेताहरुले नभै कार्यकर्ताले नयाँ गती दिनुपर्ने बताउनु भयो ।

आज बिहान घोराहीमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभभापति पौडेलले पार्टि भित्र तथा बाहिर कसैको पनि प्रलोभनमा नपरी आफूले पार्टिलाई नयाँ दिशा प्रदान गर्न सभापति पदमा चुनाब लड्ने बताउनु भयो ।

नेताले कार्यकर्ताको मुल्यांकन गर्ने संस्कार हराउदै गएको भन्दै उहाँले अब कार्यकर्ताले नेताको मूल्यांकन गर्ने अबस्था आएकाले त्यसमा निश्पक्ष मुल्यांकन गर्न पनि सबै कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो ।