Thaha

Sunday 22 September - 1:20 pm NST

श्रम बैंक स्थापनाबारे ठोस धारणा ल्याउन मन्त्रालयलाई संसदीय समितीको निर्देशन

काठमाण्डौं, माघ ४ । श्रम बैंक स्थापना सम्बन्धमा छलफल गरी ठोस धारणा पेस गर्न संसदीय समितीले सरकारलाई निर्देशन दिएको छ । संसद्को अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकले यसबारे १५ दिनभित्रसमान धारणा बनाएर आउन अर्थ मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समान धारणा नदेखिएकाले निर्देशन दिएको हो ।

समितिका सभापति प्रभु साहले बैठकमा फरक–फरक धारणा आएकाले समान धारणा आवश्यक भएको बताउनुभयो । बैठकमा श्रम तथा रोजगार मन्त्री दीपक बोहोरा, अर्थसचिव लोकदर्शन रेग्मी, नेपाल राष्ट्रबैंकका गर्भनर डा. चिरञ्जीवि नेपाल लगायलाई डाकिएको थियो । बैठकमा बोल्दै मन्त्री बोहोराले वैदेशिक रोजगारमा गएका कामदारको अपनत्व हुने गरी बैंक स्थापना गरेर वित्तीय परिचालन गर्ने अवसर पाउनुपर्नेमा जोड दिनुभयो । उहाँले वैदेशिक रोजगारमा गएकाको ऋण चुक्ता दर ९५ प्रतिशत रहने भएकाले श्रम बैंकको आवश्यकता औँल्याउनुभयो ।

गभर्नर नेपालले भने सरकार बैंकको संख्या घटाउने रणनीतिमा लागेको अवस्थामा नयाँ बैंक खोल्न अनुमति दिन नसकिने स्पष्ट पार्नुभयो । वैदेशिक रोगजारमा जाने युवाहरुमध्ये ऋण आवश्यक पर्नेहरुलाई कोष खडा गरेर सहयोग गर्न सकिने उहाँको भनाई छ ।