Thaha

Sunday 22 September - 1:15 pm NST

दलहरु सहमतीमा पुगे भारतले स्वागत र समर्थन गर्छ: भदौरिया

काठमाण्डौं, माघ ४ । भारतको समाजवादी पार्टीका प्रवक्ता सुधिन्द्र भदौरियाले नेपालका दलहरुबीच भईरहेको छलफल सहमतिमा पुगे भारतले स्वागत र समर्थन गर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा भदौरियाले सम्झौता नै समस्या समाधानको बाटो भएको बताउनुभयो ।

‘अब कत्तिञ्जेलसम्म संघर्षमात्रै गरिरहने ?’ भदौरियाले भन्नुभयो– यहाँका दलहरुबीच सहमति भए हामी स्वागत गर्छौ । हामी खुसी हुन्छौ ।’भदौरियाले संविधान बन्दा नै सबैलाई समेट्न सकेको भए राम्रो हुन्थ्यो भन्दै ढिलै भए पनि सबैलाई समेट्ने प्रयास हुनु सकारात्मक रहेको टिप्पणी गर्नुभयो ।  नेपाल भारत एक अर्का प्रति आश्रित रहेको भन्दै उहाँले अहिले देखिएको समस्या सुल्झाउन लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

सीमा नाकामा देखिएको समस्या समाधान हुनुपर्छ भनेर आफूहरुले पहिलेदेखिनै भन्दै आएको उहाँले बताउनुभयो ।