Thaha

Sunday 22 September - 1:27 pm NST

संशोधन विद्येयक विदेशीको चाहनामा दर्ता भएको केसीको भनाई

काठमाण्डौं, माघ ४ । उपप्रधानमन्त्री चित्रबहादुर केसीले विदेशीको चाहनामा संविधान संशोधन विधेयक दर्ता भएको बताउनुभएको छ । नेपाल–क्यानडा मैत्री तथा साँस्कृतिक संघले काठमाण्डौंमा गरेको कार्यक्रममा उपप्रधानमन्त्री केसीले जनताको चाहनामा विधेयक दर्ता नभएको बताउनुभयो ।  

उपप्रधानमन्त्री केसीले भन्नुभयो–‘संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव पनि नेपाल र नेपाली जनताको लागि नभई अरु कसैको चाहनामा दर्ता भएको अवस्था छ’ । कसैलाई नसोधी संविधान जारी गर्ने र सरकार बनाउनाले नेपाल र नेपालीले सास्ती खेप्न परेको केसीले बताउनुभयो ।

संघीयता मुलुकको गलपासो भएको केसीले टिप्पणी गर्नुभयो ।