Thaha

Saturday 01 February - 6:46 pm NST

यो एकतावद्ध भएर देश निर्माण गर्ने समय होः प्रचण्ड


काठमण्डौं, ४ माघ । 
एकिकृत नेकपा माओवादी अध्यक्षपुष्पकमल दाहाल प्रचण्डले यो बेला देशमा आइपरेका अप्ठ्यारासँग जुध्ने र एकतावद्ध भएर देश निर्माण गर्ने समय भएको बताउनु भएको छ । कैलालीको धनगढीमा जिल्लाका नेता तथा कार्यकर्तासंगको भेटमा उहाँले भन्नुभयो, ‘कुनै पनि राष्ट्रको जीवनमा अप्ठ्याराहरु आउँछन्, ति अप्ठेराहरुले नराम्रा कुराहरु मात्र  लिएर आउँदैनन् सकारात्मक कुराहरु पनि सँगै आएका हुन्छन् ।’

अध्यक्ष प्रचण्डले थारु आन्दोलन, मधेस आन्दोलन लगायतका विषयहरु देशका आन्तरिक विषय भएको भन्दै यसलाई आन्तरिक ढंगले छलफल र वार्ताद्वारा समधानतर्फ गइरहेको बताउनुभयो । ‘नकारात्मक परिस्थितिलाई सकारात्मक परिणाम निकाल्ने हिसाबले हामीले सामना गर्ने सोचका साथ अगाडि बढ्नु पर्छ,’ प्रचण्डले भन्नुभयो, ‘आन्दोलनरत मधेशवादी मोर्चासँग समझदारीको नजिक पुग्दैछौं र भोलीसम्म एउटा निश्कर्षमा पुगिन्छ । यसपछि नाकाबन्दीको समस्या पनि हल हुन्छ भन्ने देखिन्छ ।' सरकारको तर्फबाट भारतसँग पनि कुटनैतिक वार्ता भइरहेको उहाँले बताउनुभयो ।