Thaha

Sunday 22 September - 1:09 pm NST

संरक्षणको दिगो ब्यवस्थापन नहुँदा जंगली जनवारको शहरतिर प्रवेस बढ्यो


काठमण्डौं, ४ माघ । 
सरकारले संरक्षणको दिगो व्यवस्थापन गर्न नसक्दा जंगली जनावर शहरी क्षेत्रमा प्रवेश गर्न थालेका छन । वातावरणीय चक्र अनुसार वन व्यवस्थापनमा सरकारले काम नगरेपछि जंगली जनावरले मानिसलाई आक्रमण गर्ने र विभिन्न बस्तीहरुमा प्रवेश गर्न थालेको जनावरविद्हरुले बताएका छन । जनावरविद् डाक्टर मुकेश चालिसेले सरकारले वन जंगल बढाउने योजना ल्याएपनि कसरी व्यवस्थापन गर्ने भन्नेमा ध्यान नदिदा जनावरको आक्रमण बढेको बताउनु भयो । उहाँले पहाडी क्षेत्रमा वन बढेपनि पर्यावरणीय चक्र अनुसारको व्यवस्थापन नभएको बताउनु भयो । जनावरलाई आवश्यक पर्ने आहाराको कमी, दिगो आवास क्षेत्रको बिकास नभएका कारण जनावर बस्ती पस्ने गरेको उहाँले बताउनु भयो । पहाडी क्षेत्रमा सामुदायिक वनको विकास र हरियो देखाउने नाममा वन क्षेत्रको बिकास गरिएकाले समस्या भएको छ । कहाँ कुन प्रजातिका विरुवा रोप्ने र कुन क्षेत्रमा जनावरका लागि के कुराको आवश्यकता छ भन्ने कुराको ध्यान नदिएरै वन बढाउने गरिएकाले समस्या देखिन थालेको जनावरविद् चालिसेले बताउनु भयो । संरक्षणको व्यवस्थापन नगरे जनावर र मानिसबीचको द्वन्द्व अझै बढ्दै जाने  उहाँले बताउनु भयो ।