Thaha

Sunday 22 September - 1:16 pm NST

सिसइ खोलामा १२ फिट लामो र २५ किलो तौल भएको अजिङ्गर भेटियो


 कपिलबस्तु, ३ माघ ।
 कपिलबस्तुको बिजुवा–६ बरकुल स्थित सिसइ खोलामा १२ फिट लामो र २५ किलो तौल भएको अजिङ्गर फेला परेको छ । स्थानीय बालबालिकाहरु बाख्रा चराउन गएको बेला सिसइ खोलाको किनारमा अजिङगर देखेका हुन् । 

अजिंगरलाई शसस्त्र प्रहरि बल चाकरचौडाका इन्सपेक्टर नन्दुराज राइको कमाण्डमा गएको टोलीले समातेर नियन्त्रणमा राखेको जनाइएको छ । अजिङगरलाइ जिल्ला बन कार्यालयको जिम्मा लगाउने तयारी गरिएको प्रहरिले जनाएको छ ।