Thaha

Sunday 22 September - 1:19 pm NST

पुनर्निमार्णका बेला भ्रष्टचार हुन नदिन सचेत रहनुपर्ने नेताहरुको भनाई


काठमण्डौं, २ माघ । 
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सबैको सामुहिक प्रयासले मात्रै पुनर्निर्माण सम्भव हुने बताउनु भएको छ । पुनर्निमाण महाअभियानको उद्घाटन कार्यक्रममा उहाँले पुनर्निमाणका काम धेरै ढिला भएको भन्दै अब  सबैले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । पूर्व प्रधानमन्त्री कोइरालाले पुनर्निर्माणका क्रममा कुनैखालको अनिमियता र भ्रष्टाचार हुन नदिन सचेत हुनुपर्नेमा जोड दिनुभयो ।  दातृनिकाय सामु नेपालको छवि बिगार्ने काम कहिँकतैैबाट हुन नहुनेमा सबै सचेत हुनुपर्ने भन्दै उहाँ अनुगमनको लागि भरपर्दो संयन्त्र बनाउनु आवश्यक रहेको औल्याउनुभयो । 


यस्तै कार्यक्रममा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय एकताको बलमा पूनर्निर्माण अभियान शुरु भएको बताउँदै भावी दिनमा हुनसक्ने प्राकृतिक विपत्तिको सामनागर्ने गरी अभियानलाई अघि बढाउनु पर्नेमा जोड दिनुभयो । अध्यक्ष प्रचण्डले सरकार, कुनै दल एक्लैको सहभागीताले नपुग्ने भएकाले सबैको सहभागिता र संकल्प भएमात्र पुनर्निमार्णबाट नवर्निमाण पनि सम्भव हुने बताउनुभयो । सबै जनतालाई हिस्सेदार बनाउदै पुननिर्माणको कामलाई युद्धस्तरमा अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । विगतमा भुकम्प पीडितको राहतमा समेत अनियमितता र कालोबजारी भएको कोट्याउँदै प्रचण्डले पूनर्निर्माणमा त्यस्तो काम नहुने ग्यारेन्टी गर्नुपर्ने बताउनुभयो । घर बनाउँँदा र संरचनाहरुको पूनर्निमाण गर्दा गुणस्तरमा सम्झौता नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।