Thaha

Sunday 22 September - 1:12 pm NST

पुनर्निर्माण महाअभियानमा जुट्न सबैलाई प्रधानमन्त्री ओलिको आह्वान


काठमण्डौं, २ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण महाअभियानमा जुट्न सबैलाई आह्वान गर्नु भएको छ । भूकम्पपछिको पूनर्निर्माण महाअभियान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अभियान सरकारको मात्रै अभियान नभएको भन्दै सबै यसमा लाग्नुपर्नेमा जोड दिनुभयो । महाअभियान नयाँ अठोट र गतिका साथ शुरु भएको भन्दै उहाँले निकट भविष्यमै देशका भूकम्प प्रभावित विभिन्न १४ जिल्लामा प्राथमिकताका आधारमा पुनर्निमाणका काम गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले त्यसका लागि देशका उर्जावान युवा पनि स्वयंसेवा गर्न तयार हुनुपर्ने भन्दै मानसिक रुपमा तयार भएर बस्न आह्वान गर्नुभयो । पुनर्निर्माणका क्रममा कुनै पनि अपारदर्शीता, भ्रष्टाचार हुन नदिने उहाँले अठोट गर्नुभयो । गत वैशाख १२ गतेको भुकम्पले हजारौंको ज्यान जाने गरी भौतिक संरचनाहरु ध्वस्त हुँदा गहिरो पिडा दिएपनि आगामी दिनका लागि सुरक्षित रहन घच्घच्याउने काम पनि गरेको उहाँले बताउनुभयो ।