Thaha

Sunday 22 September - 2:35 pm NST

पुनर्निमाण महाअभियान शुरु, राष्ट्रपति भण्डारीद्धारा उद्घाटन


काठमण्डौं, २ माघ 
सरकारले, विनाशकारी भूकम्प गएको नौ महिनापछि आजदेखि पुननिर्माण महाअभियान सुरु गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख १२ गतेको भूकम्प गएको समय अर्थात् बिहान ११ बजेर ५६ मिनेटमा काठमाडौंको शान्तिबाटिकामा एक विषेश समारोहकाबीच महाअभियान शुभारम्भ गर्नुभयो । उहाँले महाअभियानको शुभारम्भसंगै भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको शिलान्यास समेत गर्नुभयो । कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु, संबैधानिक निकायका प्रमुख, सुरक्षा निकाय,  कूटनीतिकज्ञ सहित विशिष्ट ब्यक्ति सहभागी थिए ।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले वि.सं.१९९० साल माघ २ गते गएको विनाशकारी भूकम्प गएको समयलाई लक्षित गरी आजै दिउँसो २ बजेर २४ मिनेटमा ललितपुरको बुङमतिमा क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुननिर्माण सुरु गर्नुभएको छ । महाअभियान २०७३ साल बैशाख १२ गतेसम्म चल्नेछ । महाअभियानको थालनीसँगै तत्काल अतिआवश्यक ठाउँहरुमा केही काम हुनेछन् भने पुनर्निर्माणको विस्तृत कार्य आगामी बैशाखदेखि मात्र थालिने छ ।

समग्र पुनर्निमाणमा झन्डै सात खर्ब रुपैयाँ खर्च गरिनेछ । पुनर्निमाणको कुल बजेटमध्ये दातृ निकायले झण्डै ४ खर्व रुपैया सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।