Thaha

Sunday 22 September - 2:29 pm NST

सरकारमा जान हतार छैन : नेता देउवा


काठमाडौं, १ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले काँग्रेस सरकारमा जान हतार नगर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा देउवाले काँग्रेसले प्रतिपक्षीमै रहेर राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने बताउनु भयो । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो संविधान कार्यान्वयनका लागि काँग्रेसलाई सरकारमा आउन आग्रह गर्नु भएको थियो । देउवाले काँग्रेसले व्यवस्थापिका–संसद्मा पेस गरेको संविधान संशोधन प्रस्तावले मधेसवादी दलको माग पूरा हुने दाबी गर्नुभयो । संविधानसभाका ९० प्रतिशतभन्दा बढी सदस्यबाट बनेको संविधान लोकतान्त्रिक, समानुपातिक र समावेशी भएको देउबाले उल्लेख गर्नुभयो ।  । वरिष्ठ नेता देउबाले नेपाली काँग्रेसको तेह्रौँ महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउने दावि समेत गर्नुभयो ।