Thaha

Sunday 22 September - 2:37 pm NST

एक वर्षभित्र लोडसेडिङ अन्त्य हुने उर्जा मन्त्रीको दाबी


काठमाडौँं, १ माघ । उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले एक वर्षमै लोडसेडिङ अन्त्य हुने दाबी गर्नु भएको छ । आज पर्वत सदरमुकाम कुश्माबजारमा भएको एक कार्यक्रममा मन्त्री रायमाझीले निर्माणाधीन आयोजनाहरुलाई फाष्ट ट्रयाकबाट पुरा गरेर एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने दावी गर्नु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षदिनभित्र लोडेसेडिङ अन्त्य गर्ने बताउँदै गर्दा आलोचना भइरहेको बेला उर्जामन्त्रीको यस्तो दाबी गर्नुभएको हो । मन्त्री ।ायमाझीले एक वर्ष भित्रमा झन्डै २ सय ५० मेगावाटका जलविद्युत आयोजना सम्पन्न भई विद्युत उत्पादन थाल्ने भएकाले लोडसेडिङ अन्त्य हुने आधार रहेको बताउनुभयो । नाकावन्दीको प्रभावका बीचमा पनि सबै आयोजनाहरुलाई आवश्यक इन्धन तथा कच्चा पदार्थ राज्यले उपलव्ध गराएको भन्दै अन्तिम चरणमा पुगेका योजनाहरुले विद्युत उत्पादनका लागि तीब्ररुपमा काम अघि बढाएको मन्त्री रायमाझीको भनाई छ । उहाँले उर्जा संकटकाल घोषणा गरेर मुलुकलाई तीब्र गतिमा विद्युतबाट आत्मनिर्भर बनाउने पहल भैरहेको बताउँदै यसका लागि सरकारले दिर्घकालीन योजना निर्माण गरेर लागु गर्ने चरणमा रहेको जानकारी दिनुभयो ।