Thaha

Sunday 22 September - 2:22 pm NST

अयात बढेपछि निगमले बजार पठाउने डिजेलको परिमाण बढायो


काठमाडौं, ३० पुस । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको आयात बढ्दै गएपछि बजारमा पठाउने परिमाण पनि बढाएको छ । रक्सौल बाहेकका सहज नाकाबाट पेट्रोलियम पदार्थको आयात बढेपछि काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुलाई उपलब्ध गराइने परिमाण बढाइएको निगमले जनाएको छ । यसअघि दैनिक २ सय किलोलिटर डिजल पम्पहरुलाई उपलब्ध गराउँदै आएकोमा अहिले दैनिक साढे ३ सय किलोलिटर उपलब्ध गराइरहेको निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले जानकारी दिनुभयो । निगमले आज काठमाडौंका ७६ वटा पम्पलाई झण्डै चार लाख लिटर डिजेल उपलब्ध गराउने जनाएको छ । सहज भएका नाकाबाट दैनिक झण्डै १८ लाख लिटरको हाराहारीमा डिजल भित्रिरहेको छ । निगमका अनुसार देशभर डिजेलको माग भने झण्डै २८ लाख लिटर रहेको छ । रक्सौल डिपोले पनि पेट्रोल दिने आश्वासन दिएकाले त्यहाँबाट रिरुट गरी ल्याउने निगमको योजना छ । सहज भएका नाकाबाट ग्याँस र पेट्रोलको आयात बढाउने बिषयमा छलफल गर्नका लागि निगमका निर्देशक तथा प्रवक्ता मुकुन्द घिमिरेलाई दिल्ली पठाइएको कार्याकारी निर्देशक खड्काले बताउनुभयो ।