Thaha

Sunday 22 September - 2:26 pm NST

काठमण्डौंमा गाडि बोकेर ल्याउने गोलेको निधन


काठमण्डौं, २८ पुस । 
राणाकालिन समयमा मकवानपुरको भीमफेदीबाट गाडी बोकेर काठमण्डौं ल्याउने धनवहादुर गोलेको निधन भएको छ । उहाँको उपचारको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो । ९२ वर्षीय गोलेको काठमाडौमा रहेको नेपाल भारत मैत्री अस्पतालमा उपचारको क्रममा मुत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । बि.स २०१३ सालमा त्रिभुवन राजपथ निर्माण हुनुअघि काठमाडौंमा गाडि बोकेर गाडी  भित्र्याउने मध्येका एक गोले दमको रोगि हुनुहुथ्यो ।

उहाँको आज  बिहान मकवानपुरको चित्लाङमा दाहसंस्कार गरिएको छ । राणा कालमा नेपालमा बोकेर गाडी भित्र्याउने मध्येका उहाँ एक मात्रै जिवित हुनुहुन्थो । गाडी बोक्ने बुढाको नामवाट गोले परिचित उहाँ केही महिना अघिसम्म छिमेकीहरुकोमा बाँसको डोको, नाङ्लो, घुम बनाउने काम गर्नुहुथ्यो । राणाकालमा गोलेले झण्डै ३० वटा साना गाडी बोक्नु भएको थियो । उहाँ चित्लाङ गाविस–१ भण्डारखर्कमा रहेको नातिनीको घरमा बस्दै आउनु भएको थियो ।