Thaha

Monday 29 April - 3:57 am NST

चिलिमेका कर्मचारी आन्दोलित

 

काठमण्डौं, २८ पुस । 
लगानी अनुपातमा सेयर पाउनुपर्ने भन्दै चिलिमे जलविद्युत कम्पनिका कर्मचारीहरुले आन्दोलन गरेका छन् । कर्मचारी संघठनमा आवद्ध कर्मचारीहरु चिलिमेको केन्द्रिय कार्यलय धुम्बराहीमा हिजोदेखि रिले अनसन बसेका छन् ।  
चिलिमेको लगानी रहेको विभिन्न ३ वटा आयोजनामा त्यहाँ कार्यरत कार्मचारीलाई लागनीको अनुपातमा सेयर दिनुपर्ने उनिहरुको माग छ । नेपाल विद्युत प्राधिकरणका कर्मचारी र चिलिमेका कार्मचारीलाई सेयर वितरण लगानीको आधारमा हुनुपर्ने मागसहित लामोसमयदेखि आन्दोलन गरेपनि सुनुवाई नभएपछि आफुहरुले रिले अनसुन शुरु गरेको कर्मचारी संगठनका उपाध्यक्ष सुवर्ण कुवँरले थाहा सन्चार नेटवर्कलाई बताउनुभयो । मागको सम्बोधनतर्फ समयमा ध्यान नदिए आयोजनाहरुको काम ठप्प पार्ने कुँवरले चेतावनी दिनुभयो । 


आयोजनाहरुमा ३८ प्रतिशत लगानी रहेको चिलिमे र १० प्रतिशत लगानी रहेको नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई सयेर वितरण गर्दा एउटै मापदण्ड अपनाउँदा आफुहरुलाई अन्याय भएको कुँवरले बताउनुभयो । रसुवामा रहेको ५६ मेगावाटको सेन्जेन, १ सय ११ मेगावटको रसुवागढि र सिन्धुपाल्चोकको १ सय २ मेगावटको मध्यभोटेकोसी जलविद्युत आयोजनामा चिलिमेको ३८ प्रतिशत लगानी रहेको छ भने नेपाल विद्युत प्राधिकरणको जम्मा १० प्रतिसशत मात्र लगानी रहेको छ ।