Thaha

Sunday 22 September - 2:37 pm NST

पुनर्निमाण प्राधिकरणको सांगठानिक संरचना निर्धारण, केन्द्र र सात उपक्षेत्रिय कार्यलय रहने


सन्चु ब्लोन, काठमण्डौं, २७ पुस । 
राष्ट्रिय पुनर्निमाण प्रािधकरणको सांगठानिक संरचना निर्धारण भएको छ । पुनर्निमाण प्राधिकरण ऐन बनेपछि आज बसेको पुनर्निमाण प्राधिकरण निर्देशक समितीको पहिलो बैठकले अति भुकम्प प्रभावित जिल्ला र अन्य जिल्लालाई हेर्नेगरी बनाएको संरचना अनुमोदन गरेको हो । बैठकपछि पत्रकारसंग कुरा गर्दै प्राधिकरणका कामु सचिव मधुसुधन अधिकारीले केन्द्र सहित ७ वटा उपक्षेत्रिय कार्यालय रहने गरी संरचना बन्ने जानकारी दिनुभयो । उहाँका अनुसार भुकम्प अति प्रभाति १४ जिल्लामा ६ वटा र अन्य कम प्रभावित जिल्लामा एक गरी ७ वटा उपक्षेत्रिय कार्यलय बन्नेछन् । 
बैठकले प्राधिकरणको प्रशासनिक खर्चको वार्षिक बजेट पनि निर्धारण गरेको । वार्षिक २९ करोड रुपैयाँ बजेट निर्धारण भएको हो । तर पुनःर्निमाणका नीति तथा कार्यक्रम भने अर्को बैठकले मात्र पारित गर्ने कायम मुकायम सचिव अधिकारीले बताउनुभयो । भरखरै विज्ञहरुको नियुक्ती शुरु भएको र सांगठानिक संरचना प्रारुप तयार भएकाले नीति तथा कार्यक्रम ल्याउनमा ढिलाई भएको अधिकारीले बताउनुभयो । पनुर्निमाणको नीति तथा कार्यक्रम पारित भएपछि समाग्र बजेटको निर्धारण हुने कायम मुकायम सचिव अधिकारीले जानकारी दिनुभयो । 
यस्तै बैठकले यहि माघ २ गतेदेखि शुरु गर्ने भनिएको पुनर्निमाण महाअभियान कार्यक्रम पनि अनुमोदन गरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीले दुइ ठाउँबाट एकै दिन महाअभियानको शुभारम्भ गर्ने निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवि भण्डारीले काठमण्डौंको रानिपोखरी र प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको बुङमतीबाट महाअभियानको शुभारम्भ गर्नुहुने अधिकारीले बताउनुभयो ।