Thaha

Sunday 22 September - 2:26 pm NST

बाबुराम भन्छन– पृथ्वीनारायण शाहको सम्मान गरौं

 

काठमाण्डौ, २७ पुष । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति निर्माण अभियानका संयोजक डाक्टर बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ । पृथ्वी जयन्तीका दिन फेसबुक मार्फत भट्टराईले नेपालको भौगोलिक एकीकरणमा उनले खेलेको भूमिकाका लागि सम्मान गर्नुपर्ने बताउनुभएको हो । नेपालको भौगोलिक एकीकरणमा पृथ्वी नारायण शाहको नेतृत्वदायी भूमिका रहेको भट्टराईले उल्लेख गनुएभएको छ । ‘पृथ्वीनारायण शाहलाई निरपेक्ष र अधिभूतवादी कोणबाट पूजा वा निन्दा गर्ने अतिवादी सोंचबाट बचौं ।’

भट्टराईले पृथ्वीनारायण शाहबारे फेसबुकमा लेख्नुभएको छ– सापेक्ष र ऐतिहासिक भौतिकवादी कोणबाट वस्तुनिष्ठ मूल््यांकन गर्दै नेपालको भौगोलिक एकीकरणमा उनले खेलेको नेतृत्वदायी भूमिकाको सम्मान गरौं ।’