Thaha

Sunday 22 September - 3:19 pm NST

कांग्रेसको महाधिवेसन निर्वाचन निर्देशिका पारित


काठमण्डौं, २६ पुस । 
नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठकले महाधिवेशन निर्वाचन निर्देशिका पारित गरेको छ ।  पार्टी कार्यालय सानेपामा बसेको बैठकले छलफलपछि निर्वाचन निर्देशिका पारित गरेको केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले जानकारी दिनुभयो । निर्देशिका पारित भएसंगै अब जिल्ला, नगर समितिहरुको निर्वाचन गर्ने बाटो खुलेको केसीले बताउनुभयो । बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने भनिएपनि आज प्रवेश नगरेको उहाँले बताउनुभयो । कांग्रेसको १३ औं महाधिवेशन शुरु हुन झण्डै दुई महिना बाँकी छ ।

महाधिवेशन नजिकिँदै गर्दा संस्थापन र देउवापक्षबीच विवाद चर्केको छ । सदस्यता छानवीन समितिको अन्तिम प्रतिवेदनमा संस्थापन पक्षनै असन्तुष्ट भएपनि सदस्यता विवाद फेरि चर्किएको हो । आज केन्द्रीय सदस्यहरु पार्टी कार्यालयको छतमा बैठक बसिरहँदा विवाद समधान गर्न भन्दै विभिन्न जिल्लाबाट आएका नेताकार्यकर्ताले कार्यलय परिसरमा नाराबाजी गरेका थिए ।