Thaha

Sunday 22 September - 3:06 pm NST

ग्यांसको पाईपलाईन घरघरमा पुर्यान्छ : प्रधानमन्त्री ओली

काठमाण्डौं, पुस २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब ग्यासको पाईलाईन घरघरमा पुराईदिने बताउनुभएको छ । नेकपा एमाले राजधानी विशेष समन्वय कमिटिको बेलालाई आज काठमाण्डौंमा सम्बोधन गर्दै अब ग्याँसका सिलिण्डर बोकेर सडकमा कुद्ने अवस्थाको अन्त्य गर्ने दाबी गर्नुभयो । 


यसअघि प्रधानमन्त्री ओलीले एक बर्षभित्रै लोडसेडिङ अन्त्य गर्ने घोषणा गर्नुभएको थियो । उहाँले मुलुकका विभिन्न ठाँउमा फाष्ट ट्रयाक निर्माणको काम सुरु गर्न लागेको समेत जानकारी दिनुभयो । देश विकासका लागि आफूले विभिन्न योजना ल्याईरहेको भन्दै योजना सकारका पारेरै छोड्ने प्रतिबद्धता जनुभयो । प्रधानमन्त्री ओलीले आफ्ना काम देखेर विरोधीहरु आत्तिन थालिसकेको समेत दाबी गर्नुभयो ।

उहाँले अब डिजेलबाट चल्ने सवारी–साधनको साटो विद्युतीय बस चल्ने सुनाउनुभयो ।